सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बागमती प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण २०७८ सम्पन्न

442
shares

काठमाडौ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वागमती प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न गरेको छ । पुष १६ गतेदेखि काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा दुई हप्ता सात वटा लोक बाजाबारे प्रशिक्षण दिइएको थियो ।प्रशिक्षणको दौरानकम्तिमा १३५ जना बढी युवाले लिम्बु जातिको च्याब्रुङ,राई जातिको ढोल, तामाङ जातिको टुङ्ना र डम्फु, नेवार जातिको धिमे तथा बाँसुरी र सारङ्गी बाजाबारे प्रशिक्षण लिने अवसर पाएका थिए ।च्याब्रुङ बाजाबारे यासेली योङहाङ, ढोलमा दीपेश राई, धिमेबारे नरेश प्रजापति, तुङ्नाडम्फुमा छेवाङ तेन्जिङ लामा, बाँसुरीमा गोपालनाथ घतानी, सारङ्गीमा भरत नेपाली र तालवादनमा भरत बुढाथोकीले प्रशिक्षण दिनु भएको थियो ।

यस कार्यलाई प्रभावकारी बनाउन लोक बाजासम्बद्ध सामुदायिक संस्थाहरु किरातयाक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ, ज्याठा पञ्चदान गुठी प्रजापतिखलसँग आवश्यक परामर्श सहित स्थानीय व्यवस्थापनका लागि सहकार्य गरिएको थियो ।

प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रिय समुदायसंगको धार्मिक,साँस्कृतिक सम्बन्धबारे जानकारी दिने, बाजा बन्ने बनाउने र सुर मिलाउने तरिका, पुर्विय तथा पश्चिमी संगीत पारम्भिक ज्ञान, मेट्रोनममा बाध्यबादन अभ्यास सुरुवात, बाजानुसारको संगीत संयोजन गरि त्यसैनुसार अभ्यास, सुरतालबोल स्वरलिपिमा लेखन अभ्यास गराइएको थियो ।

संगीत संयोजनबारे जानकारी, सामुहिक बादन विधि तथा अभ्यास, ब्यावसाहिक बाध्य बादक बन्न हुनु पर्ने पुर्बधार ज्ञान, अन्य बाजाहरुसंग समिश्रण गर्ने अभ्यास तथा प्रदर्शनस,आधुनिकप्रबिधितथा रेकर्डिङबारे जानकारी, बरिष्ठ संगीत बिज्ञहरुबाट संगीतिक अन्तरक्रिया तथा कार्यशालाको समन्वय गरि कार्यक्रम संचालन गरिएको प्रतिष्ठानका सङ्गीत विभागप्रमुख प्राज्ञ अशोककुमार राईले बताउनु भयो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports