सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टीओवी टीसर्ट धारीहरुले उपद्रो मच्चाएका हुन त ?

988
shares

 

काठमाडौ । गत भाद्र २३ गते र २४ गते भएको विरोध प्रदर्शनमा व्यापक रुपमा घुसपैठ भएको खुलासा हुँदै आएको छ । २३ गते जेन–जीहरुले शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्ने भनेर स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय काठमाडौबाट अनुमति लिएका भएपनि जेन–जीहरु २३ गते माइतीघरमा जम्मा हुँदा करिब ५÷७ सयमात्र रहेकोमा उनीहरु विजुली बजार नपुग्दै हजारौँं संख्यामा रहेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौले जेन–जीहरुलाई विरोध प्रदर्शन गर्न अनुमति दिँदा किन बानेश्वरमा रहेको संसद भवनसम्मै जान दिने अनुमति दियो अब त्यसको खोजनीति हुनुपर्दछ ।
जेन–जीहरु बानेश्वर चोकमा नपुगदै भद्रकालीमा जम्मा भएका कालो टीसर्ट लगाएका करिब २ सय जति मोटरसाइकल धारीहरु बनेश्वरतर्फ गएका थिए । उनीहरुले चर्को नारा लगाउँदै अपशब्द समेत बोलेका थिए ती व्यक्तिहरु को थिए ? उनीहरुको उदेश्य के थियो ? नेपाली सेनाको प्रधान कार्यालय रहेका भद्रकाली मै कालो टीसर्ट लगाएका र टीओवी लेखिएका टीसर्टधारीहरु कुन उदेश्यका लागि ¥यालीमा गएका थिए ?
जेन–जीहरुले काठमाडौमा विरोध प्रदर्शन गर्न लागेपछि मुलुकभरमै विरोध प्रदर्शन भएको थियो । २३ गते बानेश्वरमा गोली चलेपछि जेन–जीहरुका अगुवाहरुले आफ्नो विरोध प्रदर्शन सफल भएको भन्दै घुसपैठ भएकाले जेन–जीहरुलाई आ आफ्नो घर जान विज्ञप्तिमार्फत जानकारी गराएपछि गोली चल्नुको रहस्य के थियो ?
भाद्र २३ गते गोली चल्दा काठमाडौमा १७ र इटहरीमा २ जनाको ज्यान गएपछि भोलीपल्ट २४ गते विरोध प्रदर्शन हुन सक्छ भन्ने आंकलन सुरक्षा निकायले गर्न सकेन कि चाहेन ? अब त्यसको समेत छानविन हुनुपर्दछ । २४ गते सिंहदरबार सर्बोच्च अदालत, राष्ट्रपति कार्यालय, संसद भवन, प्रधानमन्त्रीको सरकारी निवासमा आगजनी हुँदा त्यहाँ रहेको सुरक्षाकर्मीहरुले आन्दोलनकारीहरुलाई किन नियन्त्रणमा लिएनन् ?
मुलुकभरमै आगजनी हुनु र ठुलो मात्रामा सरकारी भवनहरु ध्वस्त हुनु भनेको सो विरोध प्रदर्शन गर्ने निर्णय निकै लामो समयदेखि तयारी साथ गरिएको थियो कि भन्ने प्रश्न समेत उठेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports