सोनाम ल्होछारमा भोली सार्वजनिक विदा दिने निर्णय
वि.सं.२०७८ माघ १८ मंगलवार १२:५८
shares

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा भोली (बुधबार )सार्वजनिक विदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।






































