सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको कान्छो जनसंगठनले शुरू गर्‍यो सांगठनिक गतिविधि

377
shares

नेकपा (एमाले)को कान्छो जनसंगठनको रुपमा स्थापना भएको ‘रिटर्नी फेडेरेसन नेपाल’ले आफ्नो सांगठनिक गतिविधि अगाडि बढाएको छ ।

गत पुस १६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यताका बीच घोषणा भएको रिटर्नी फेडेरेसन नेपाल एमालेको २३औं जनसंगठन भएको बताइएको छ । माघ १७ गतेका फेडेरेसनका पदाधिकारीहरुले थापाथलीस्थित नेकपा (एमाले)को पार्टी केन्द्रीय कार्यालयमा जनसंगठनको मान्यता प्रदानका लागि फेडेरेसनका दस्तावेजहरु औपचारिक रुपमा दर्ता गराएका छन् ।पार्टी अध्यक्ष स्वयंले घोषणा गरेकाले राजनीतिक रुपमा यसअघि नै फेडेरेसनले जनसंगठनको हैसियत प्राप्त गरिसकेको छ । एमाले केन्द्रीय कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज माधव ढुंगेलको अगुवाईमा फेडेरेसनका अध्यक्ष चन्द्रबहादुर रोकाहासहितको पदाधिकारी टोलीले सोमबार पार्टी महासचिव शंकर पोखरेलसँग प्रत्यक्ष भेट गरी फेडेरेसन घोषणा पश्चातका गतिबिधि र भावी कार्ययोजनाका बारेमा छलफल गरेका हुन् ।

एमाले केन्द्रीय सदस्य माधब ढुंगेलको अभिभावकत्वमा देशैभर बैदेशिक रोजगारबाट फर्केका एमाले कार्यकर्ताहरु संगठित हुँदै एकीकृत रुपमा परिचालनका लागि तयार भएको बताइएको छ ।वैदेशिक रोजगारीका क्रममा एमालेका विभिन्न प्रवास संगठनहरुमा आवद्ध भइ पार्टीका लागि योगदान गरी स्वदेश फर्केकाहरुलाई राजनीतिक योगदानको निरन्तरताका निम्ति गोलबन्द गर्दै पार्टी जिम्मेवारी प्रदान गरि एकीकृत रुपमा परिचालन गर्न फेडेरेसनले बिशेष भूमिका निर्वाह गर्ने बताइएको छ ।

प्रवक्ता जेपी सापकोटाले सोमबार साँझ एक बिज्ञप्ति जारी गर्दै फेडेरेसनका गतिबिधि, उद्देश्य, तथा कार्यक्रमबारे जानकारी गराएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि स्वदेश फिर्ति कामदारहरुको पक्षमा सरोकारवाला विभिन्न संघ–संस्थाका प्रयासहरु भए पनि कानुनी संरचनाको निर्माण र विकासमा राजनीतिक इच्छाशक्ति महत्वपूर्ण हुने कुरालाई अङ्गीकार गर्दै देशको सशक्त पार्टी नेकपा (एमाले) को राजनीतिक मार्गदर्शमा सञ्चालन हुने गरी रिटर्नी फेडेरेसन नेपालले आफ्ना गतिविधिहरु अगाडि बढाउने छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports