गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै

182
shares

काठमाडौँ । चीनतर्फबाट प्राप्त सूचनाअनुसार हिमपरिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन । जसका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ।

बाढीसम्बन्धी सूचना जारी गर्दै नेपाल बाढी सूचना र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी थुनिएको स्थानमा ताल पूर्ण रूपमा नखुलेको जानकारी दिएको हो।जारी गरिएको सूचनामा अर्को सूचना नआएसम्म भोटेकोसी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

नदी थुनिएको स्थानमा पानीको बहावमा हुन सक्ने परिवर्तनका कारण तल्लो तटीय क्षेत्रमा जोखिम कायम रहेकाले नदी आसपासका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ। चीनतर्फ हिमपहिरो जाँदा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा व्यापक क्षति भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports