२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री बालेनलाई उच्च राजनितिक चरित्र देखाउन रास्वपा सभापति लामिछानेको आग्रह

208
shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई उच्च राजनीतिक चरित्र देखाउन आग्रह गरेका छन्। अहिले जनताले दिएको ठूलो जनमतलाई विर्सेर पार्टीका नेताहरू मात्तिएको उनले टिप्पणी गरे।

शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले मलुकको जिम्मा जनताले आफूहरूलाई लगाइसकेपछि त्यही अपेक्षामा खरो उत्रिनु पर्ने बताए। ‘हामी खरो उत्रिएका छौँ ? जनताले १८२ सिट दिएको छ, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ,’ उनले भने, ‘यसरी हुँदैन, माथिदेखि तलसम्म हामी यति मातिएका छौँ। हामी यति चढेका छौँ हामीले मान्छेलाई मान्छे गनेका छैनौँ।’

जनताको मत अनुसार विश्लेषण गरिरहेकोले सोहीअनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ छ।‘हाम्रो व्यवहार, हाम्रा गतिविधि, हाम्रा तौरतरिका समाजले विश्लेषण गर्छ, विश्लेषण गर्ने समाजमाथि जाई लाग्नु सहि बाटो हुँदैन, समाजले हामीलाई ऐना देखाएको छ,’ लामिछानेले भने, ‘ऐना देखाउने तिर झम्टिने त्यो राजनीतिक चरित्र होइन।’ सभापति रवि लामिछानेले आफ्नै पार्टीका वरिष्ठ नेतासमेत रहेका शाह नेतृत्वको सरकारप्रति तीव्र असन्तुष्टि जनाए।

प्रधानमन्त्री वालेन्द्र शाहको नाम उल्लेख नगरी उनले जनताको मतको दुरुपयोग हुन थालेकोमा चिन्ता जनाए।‘जनतालाई असहज लाग्ने हाम्रा गतिविधिहरू स्वीकार्य हुँदैन किनभने जनताले अत्यधिक मत दिएर पठाएको भनेको हामीलाई ठालु पल्टनका लागि होइन अझ बढी सेवा गर भन्नका लागि हो,’ उनले भने, ‘म तपाईंहरूलाई स्पष्टताका साथ के बताउन चाहन्छु भने साथी हो, जनताले दिएको यो अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला, पार्टीले नियालिरहेको छ।’

नेपाल प्रहरीको महानिरिक्षक दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरेको विषयमा पनि उनले असन्तुष्टि जनाए। बिहीबार चितवन झर्नासाथ आईजीपी कार्की हटाउनूको औचित्य पुष्टि गर्नुपर्ने बताएका सभापति लामिछानेले सिंहदरबारमा बसेर शक्तिको दुरुपयोग नगर्न सचेत गराए।

‘जब तपाईंलाई सर्वाधिक शक्ति मिल्दछ त्यतिबेला नै तपाईँले सर्वाधिक जिम्मेवार भएको महसुस हुने गरी आफ्ना अभिव्यक्ति, आफ्ना क्रियाकलाप सहयोग गर्न जरुरी हुन्छ, इतिहासले त्यो माग्छ। यो होइन कि आज हामी ठूलो पार्टी भयौँ हाम्रा हातमै पुलिस छन्, हाम्रा हातमै सीडीओ छन्, हाम्रा हातमै सबै छन् भन्ने त्यो दम्भ त्याग्नुपर्छ,’ लामिछानेले भने।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports