विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसीको विरोधमा प्रदर्शन, यातायात आवागमन अस्तव्यस्त

546
shares

नयाँ बानेश्वर स्थित संसद भवन अगाडि एमसीसीको विरोधमा प्रदर्शन भएपछि यातायात आवागमन अस्तव्यस्त भएको छ । तिनकुने–माइतीघर सडकखण्डमा  सडकमै मानिसहरु भेला भएर प्रदर्शन जारी राखेकाले सवारी साधनलाई बिभिन्न स्थानबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नयाँबानेश्वर तर्फ जाने–आउने सवारी साधनलाई गैरीगाउँ, तिनकुने, पुरानो बानेश्वर, माइतिघर, न्युप्लाजा, भद्रकालीबाट ड्राइभर्सन गरिएको छ । नयाँ बानेश्वर भएर यात्रा गर्ने सम्पूर्ण सवारी चालकलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

महाशाखाले सवारी साधनका चालकहरुलाई करिडोर र चक्रपथको सडक प्रयोग गर्न सुझाएको छ । डाइभर्सनका कारण उपत्यकाको माइतीघर, सिंहदरबार, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर र कोटेश्वर चोकमा सवारी साधन क्यूमा चलिरहेका छन् । क्यू रहेको स्थानमा सवारी आवागमन सहज बनाउने प्रयास भइरहेको महाशाखाले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports