सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ताधारी दलका अध्यक्ष नै सुस्त, खोई नेकपा

403
shares

काठमाडौ । पछिल्लो समयमा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी मस्त निन्द्रामा परेको छ । खासगरी प्रधानमन्त्री केपी ओली मृगौलाको प्रत्यारोपण गर्न गत फागुन १८ गते अस्पतालमा भर्ना भएपछि नेकपा निन्द्रामा परेको छ । प्रायः सँधैभरी सञ्चारमाध्यममा छाइरहने पार्टी अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समयमा मिडियामा आएका छैनन् । एउटा अध्यक्ष विरामी भएर अस्पतालमा भर्ना भएपछि अर्का कार्यकारी अध्यक्ष समेत चुपचाप बस्नु रहस्यकै विषय बनेको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको दुईवर्ष पुग्न लाग्दा समेत एकीकरणको कार्यले पूर्णता पाउन सकेको छैन भने नेकपाको सचिवालय बैठकले १५ दिनभित्रमा सम्पन्न गरिसक्ने निर्णय गरेको भएपनि त्यो कागजमै सिमित भएको छ । प्राय विरामी परिरहने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पहिलो पटक अस्पताल भर्ना भएका होइनन् । यस अघिपनि एपेन्डिक्साइडको शल्यक्रिया गर्न पनि उनी अस्पतालमा भर्ना भएका थिए । त्यसबेला अहिले जस्तो पार्टी सुस्ताएको थिएन ।

प्रधानमन्त्री ओली अस्पतालमा रहँदा दाहालको सक्रियता शून्य जस्तै देखिएको छ । जबकि प्रधानमन्त्री ओलीले आफू अस्पताल जानुअघि पनि मिडियामार्फत सम्बोधन गर्दै आफू अस्पतालमा रहँदा पनि पार्टीको जिम्मेवारी नेता र सरकारबाट आवश्यक काम भइरहने विश्वास व्यक्त गरेका थिए । सरकारले आफ्नो भूमिका निभाएको भएपनि पार्टीले कुनै भूमिका त्यसबेला निभाउन सकेको जस्तो देखिएन । पार्टीका कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका अध्यक्ष दाहालले त्यसबेला केही सक्रियताका साथ निर्णयका लागि परेका दाहाल पछिल्लो समयमा चुपचाप बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भैसेपाटी बैठकको निर्णय अनुसार वामदेव गौतमलाई राष्ट्रिय सभामा लगेर संविधान नै संशोधन गरी गौतमलाई प्रधानमन्त्री बनाउने दाहालको चाहनामा ठेस लागेपछि उनी सुस्त देखिएका छन् । प्रधानमन्त्री ओली सहित अन्य केही नेताहरु अहिलेकै अवस्थामा संविधान संशोधनका विपक्षमा रहेका र गौतमलाई राष्ट्रियसभामा लानुको अर्थ के भन्दै विपक्षमा उभिएका हुनाले पार्टीको सचिवालय बैठकसम्म बस्न सकेको थिएन । अस्ति बसेको सचिवलय बैठकले केही निर्णय गरेपनि ती उपलब्धीमुलक भएनन् । एमसीसी बारेमा छलफल नै भएको छैन भने पार्टीभित्र समेत त्यस विषयमा कुनै छलफल र बहस भएको छैन ।

अहिले मुलुक कोरोना भाइरस (कोभिड १९) बाट आक्रान्त भएको बेला पार्टीले सक्रियता देखाउँदै पार्टीका कार्यकर्ता तथा नेता परिचालन गरेर कोरोना भाइरसबाट जोगिने उपायका बारेमा जनतालाई सजग गराउनुपर्ने बेलामा पार्टी सुस्त रहनु र पार्टी अध्यक्ष लगायतका नेताहरु नै चुपचाप रहनुले कतै अध्यक्ष दाहाल अर्को षड्यन्त्र गर्न त चुपचाप बसेका होइनन् भन्ने प्रश्न समेत उब्जिएको छ । गौतमकै विवादका कारण प्रधानमन्त्री ओलीको अस्पताल बसाईमा समेत दाहाल चुपचाप बसेकाले पार्टी नै एक प्रकारले सुस्त भएको छ । राष्ट्रियसभामा एक सिट रिक्त रहेको छ । सो सिट सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सिट भएकाले प्रधानमन्त्रीले उक्त रिक्त सिटमा अर्थमन्त्री युवराज खतिवडालाई मनोनित गर्ने प्रयास गरेका थिए । तर नेकपाको सचिवालय बैठकले बहुमतको आधारमा वामदेव गौतमलाई लैजाने निर्णय गरेपश्चात् दुई अध्यक्ष बीचमा बेमेल भएको छ ।

खतिवडालाई पुन अर्थमन्त्रीमा नियुक्त गरिएपनि उनी कुनैपनि सभाको सदस्य नरहेका हुनाले उनले कि त आउँदो भाद्र २० गते सम्ममा सांसद भइसक्नुपर्ने हुन्छ न त उहाँ मन्त्रीबाट हट्नुपर्ने सम्वैधानिक व्यवस्था रहेकोले प्रधानमन्त्री ओली उनै खतिवडालाई नै राष्ट्रियसभामा लैजाने पक्षमा रहनु भएकाले पनि अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीसँग रुष्ट बनेर चुपचाप बसेको अनुमान गर्न सकिन्छ । अध्यक्ष दाहालले आफ्ना समर्थक पूर्व माओवादी नेताहरुसँग प्रधानमन्त्री ओलीले धोका दिन सक्ने अभिव्यक्ति समेत दिन थालेका सूत्रले दाबी गरेको छ । यसरी पार्टी एकीकरण भएको दुईवर्ष नपुग्दै दुई अध्यक्षबीच मनमुटाव आएकाले पनि पार्टी सुस्त अवस्थामा पुगेको हो भन्ने चर्चा समेत चलेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports