प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्रा नेपाल आउँदै

637
shares

काठमाडौं । भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्रा नेपाल आउने भएका छन् । दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी वैशाख ९ गते काठमाडौं आउन लागेका हुन् ।

जिनियस इन्साइडर र ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपको आयोजनामा वैशाख १० गते गोदावरीको सनराइन कन्भेन्सन हलमा विन्द्राले प्रशिक्षण दिने कार्यक्रम छ । जसमा सर्वसाधारण र विभिन्न पेशामा कार्यरत व्यक्तिहरुले सहभागिता जनाउन सक्ने आयोजक ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका अध्यक्ष हरिप्रसाद डुम्रेले जानकारी दिए ।

विन्द्राको नेपाल भ्रमणको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन र उद्यमशीलता विकास गर्नु रहेको अध्यक्ष डुम्रेले बताए । उनले कोरोना महामारी बाट संकटग्रस्त बनेको उद्योग–व्यवसायको पुनरुत्थान, गहिरिंदो तरलता अभाव, यसका कारण र समाधानमा केन्द्रित भएर प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

नेपालमा उनको प्रशिक्षणमा सहभागी हुन ८ हजार देखि २० हजार रुपैयाँ सम्मको टिकट दर तोकिएको अध्यक्ष डुम्रेले बताए । कार्यक्रममा उद्यमी व्यवसायी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, स्कुल, कलेज, अन्य उद्योग व्यवसायका अध्यक्ष, सञ्चालक एवं उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहने जनाइएको छ ।

त्यस्तै, वैशाख ११ गते होटल हायात प्लेस ताहाचलमा विन्द्राले राउण्ड टेबल छलफल गर्ने कार्यतालिका छ । सो प्रशिक्षणमा सिनियर एक्ज्युकेटिभ, विभिन्न व्यवसायीहरु लगायत सरकारी तथा निजी क्षेत्रका उच्च पदस्थ अधिकारीलाई प्रशिक्षण दिने कार्यक्रम छ । यसमा सहभागी हुन २५ हजार देखि ३५ हजार सम्मको टिकट दर तोकिएको छ । विन्द्रालाई पर्यटन प्रवर्द्धनका लागि सगरमाथा आधार शिविर सम्म माउन्टेन फ्लाइट गराउने योजना भएपनि यसको कार्यक्रम तय नभइसकेको उनले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports