kumari
stcnepal

नेपाल खुँखार नेताहरूको खोरिया बन्यो

 

राजन कार्की
नेपाल खुँखार नेताहरूको खोरिया बन्यो । किनकि साठीको दशकमा अफ्रिकामा स्वाधीनताको सुनामी शिक्षकले ल्याएका थिए । नेपालका शिक्षक ज्ञान होइन, झोलामा पार्टीका घोषणापत्र बोक्छन्, राष्ट्रपतिले सरकारसँग नियुक्तीमा कोटा खोज्ने मुलुकमा सुशासनको कसरी आउन सक्थ्यो र ? विवेकशीलको विवेक पार्टी र नेतृत्वसँग बन्दकीमा छ, बोल्दैन । परिवर्तनको १५ वर्षमा पनि कुशासन भोगिरहेका छौं । देश देश बन्न व्यवस्थित व्यवस्था चाहिन्छ । लोकतन्त्रजस्तो उत्तम व्यवस्थालाई नगरवधु चलाएजसरी चलाउने राजनीतिक बेश्यावृत्ति नरोकिएसम्म नेपाल उमेरले जेष्ठ भए पनि परिपक्व मुलुक बन्न सक्दैन । सकेन ।

लोकतन्त्रजस्तो उत्तम व्यवस्थालाई नगरवधु चलाएजसरी चलाउने राजनीतिक बेश्यावृत्ति नरोकिएसम्म नेपाल उमेरले जेष्ठ भए पनि परिपक्व मुलुक बन्न सक्दैन । सकेन ।

सीमा भएरमात्र देश हुने होइन । सीमाको सुरक्षा पनि हुनुपर्छ देश हुनका लागि । देशवासीमा माटोको सुगन्ध फैलनुपर्छ । सीमा थियो, न सिक्किम रह्यो, न क्रिमिया । अहिले युक्रेन संकटमा छ । सीमाको सुरक्षा गर्न नसक्दा १९७५ मा सिक्किम, २०१४ मा क्रिमियाको हरण भयो । सीमा भएर पनि घर, समाज, सहर, शासन, प्रशासन, शान्तिव्यवस्था सबै तहसनहस हुनु भनेको असुरक्षा हो । नेपालमा सुरक्षाको अकाल छ ।
चिनियाँ विद्वान वाङ चुनले नेपालको सुरक्षात्मक रणनीति तथा नेपाल–चीन सम्बन्ध भन्ने पुस्तकको पृष्ठ १९ मा लेखेका छन्– आर्थिक दृष्टिबाट हेर्दा भारतले आर्थिक सहयोग, प्रत्यक्ष लगानी तथा असमान सम्झौताका माध्यमद्वारा नेपालको आर्थिक प्राण आफ्नो हातमा लिएको छ ।
१०८ भन्दा बढी मुलुकमा ६२ लाखभन्दा बढी नेपाली युवायुवती वैदेशिक रोजगारीका लागि गएका छन् । तर, २० लाखभन्दा बढी युवायुवती अवैधमार्गबाट वैदेशिक रोजगारीमा गएको र जाने क्रम जारी रहेको सरकारै भन्छ । ३ करोडको हाराहारीमा जनसंख्या भएको मुलुकका ६२ लाख युवायुवती वैदेशिक रोजगारीमा गएका जानु भनेको देश बल र ब्रेनशक्ति बिहीन हुनु हो । यति गम्भीर विषयमा संसदमा, सरकारमा, नागरिक समाजमा बहस हुँदैन ।
लियो टल्सट्वायले लेखेका थिए– जुन देशमा विदेशी चलखेल बढी हुन्छ, त्यहाँ जातीय र धार्मिक लडाइ हुन्छ, आर्थिक शोषण बढी हुन्छ, देश बर्बाद हुन्छ । नेपालमा त्यही तस्वीर देखिदैछ ।
भीमनिनिधि तिवारीले लेखेका थिए– राज्यलिप्साले नेता अन्धो हुन्छ, उसले स्वार्थमात्र देख्छ । नेपालको राजनीति नेताहरूको स्वार्थ भण्डार हो । नेपाललाई नैतिकहीनताको कारखाना भने हुन्छ ।
किनकि बुद्धि कलमी गरेर देश र जनतालाई होचा, पुड्का बनाउने राजनीतिक नामधारी बाहुबली स्वार्थी दस्ता निर्णायक छ, बाँकी शासितहरु थुर थुर कामिरहेका छन् । मान्छे मान्छेबीचको अनुहार र औंठाछाप मिल्दैन तर नेपालका शासक बर्गको चरीत्रमा कहिल्यै भिन्नता आएन । नेपाल खुँखार नेताहरूको खोरिया बनेको छ ।
पद्धति परिवर्तनको १५ वर्ष पनि लोकतन्त्र लोकजीवनमा छैन । सिंहदरवारदेखि ७ सय ६१ पालिकामा भ्रष्टाचारको रुपमा लोकतन्त्र फनफनी च्याम्पटी घुमेझैं घुमिरहेछ । जनयुद्ध, जनआन्दोलन, संविधान र संवैधानिक शासन त षडयन्त्रको जालो रहेछ, जुन जालोमा आमनागरिक छटपटीमा छन् । लोकतन्त्रको कल्की झुण्ड्याइदिएपछि सत्ता–जड्याहहरूको खुट्टा जति लरबराओस् न, अदालतले नै संरक्षण दिन्छ । लोकतन्त्रमा सरकार अदालतले बनाइदिन्छ । को बोल्ने ? जो बोल्छ, त्यो प्रतिगामी, लोकतन्त्र बिरोधी ।
होनहार युवाहरु अध्ययनका क्रममा विदेशीने क्रम रोकिएको छैन । हजारौं सिर्जनशील र श्रमशक्ति लस्कर लागेर दिनहुँ देश छोडिरहेका छन् । ती सबको मुखमा एउटै शव्द हुनेगर्छ– यो देशको भविष्य छैन । यहाँ बसेर के गर्नु, कति रल्लिनु ? गरिखान पाइएन ।
युवाशक्ति जो आफैमा उर्वर छ, त्यो समुदायको यस्तो तीतो टिप्पणी ? जवाफ दिने कसले, जवाफदेही को हो ? तिनलाई स्वदेशमै बस्ने, केही गर्ने प्रेरणा र वातावरण दिने कसले ? परिवर्तन आयो रे, परिवर्तन नेता र नैतिकहीनहरूलाई आयो । जुन पद्धति युवाशक्ति निकासी गरेर धानिन्छ, त्यो प्रणालीका चालकहरु टाउकाका ट्यूमर बिरामी हुन्, दिमागी रुपमा सअक्षम र रोगी हुन् ।
थिङ्क टेङ्क र राजनीतिशास्त्रीहरुको योभन्दा ठूलो बेइज्जत के हुन्छ ?
सडकमा हुन्जेल संसद भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भन्ने, आफू संसद र सरकारमा पुगेपछि कुकुरको मासु बेचेर र घिचेर रमाउने ? वाह, लोकतन्त्रवादीहरु ।
हिजोका पञ्च सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वकाल अर्थात २०६० साल कात्तिक २१ गते प्रचण्ड समेत सहमत भएर नेपालमा ५ करोडसम्मका आयोजना चलाउन भारतलाई अनुमति लिनुपर्दैन भन्ने । आज १५ सय आयोजना भारतीय दूतावासले चलाउँछ, नेपाल सरकारलाई यसको गुँजीगाँठो थाहा छैन ।

विश्वका कुन देशमा दूतावासले यसरी सिधै लगानी गर्न पाउँछ ? यसमाथि ३ हजारको हाराहारीमा वर्षेनी छात्रबृत्ति बाँड्छ । दूतावासहरूले बितरण गरिने छात्रवृत्ति, गरिने लगानी नेपाल सरकारमार्फत हुनुपर्छ भनेर संसदमा कुरा उठाएर निर्णय गर्नुपर्दैन । अनि शिक्षक, नेता, सामाजिक कार्यकर्ता, नागरिक समाज दूतावासमा धाउँदैनन् ?

विश्वका कुन देशमा दूतावासले यसरी सिधै लगानी गर्न पाउँछ ? यसमाथि ३ हजारको हाराहारीमा वर्षेनी छात्रबृत्ति बाँड्छ । दूतावासहरूले बितरण गरिने छात्रवृत्ति, गरिने लगानी नेपाल सरकारमार्फत हुनुपर्छ भनेर संसदमा कुरा उठाएर निर्णय गर्नुपर्दैन । अनि शिक्षक, नेता, सामाजिक कार्यकर्ता, नागरिक समाज दूतावासमा धाउँदैनन् ?

स्रोत भन्छ– तराईदेखि सोलुखुम्बुसम्म, मुस्ताङमा समेत भारतीय सिधै लगानीका खानेपानीदेखि मन्दिर जिर्णोद्धार ८ सय आयोजनाहरु चलिरहेका छन् । भारत सरकारको साना विकास परियोजना परिचालनका लागि सडक तथा पुल निर्माण, ग्रामीण विद्युतीकरण, लघु जलविद्युत्, प्रसारणलाइन निर्माण तथा सडक सौर्यबत्ती, सामुदायिक विद्यालय भवन, नगर पुस्तकालय, अस्पताल, स्वास्थ्यचौकी, फोहोरमैला प्रशोधन केन्द्र, खानेपानी आयोजना तथा धार्मिक, सामाजिक र सांस्कृतिक पूर्वाधारका क्षेत्र तोकिएका छन् र भारतीय दूतावासमा योजना माग्न जानेहरुको भीड नै लाग्ने गरेको छ । नेपालमा भारतीय समानान्तर अर्थमन्त्रालय, सरकार ? कसैलाई बिझ्दैन । किन ?
नेपाली नीतिकार र शासकहरु किन आफू, पुस्ता र देशको भविष्यलाई धुलोपिठो बनाउने (पाइरिक भिक्ट्री) खेल खेल्दैछन् ?
पक्का कुरो हो, भारतका महात्मा गान्धी जन दर्जनौं सुन्दरीहरुसँग एकै ओछ्यानमा सुतेर ब्रम्हचर्याको आत्मपरीक्षा दिइरहेका थिए, त्यतिबेला उनले आफ्नी परम सेविका कस्तुरवालाई समेत बिर्सिए । अहिले नेपाली नेताहरुको सम्पन्नता यतिबिघ्न बढेको छ कि उनीहरुले श्री ३ हरूका भ¥याङ मुनी बीसओटा, भ¥याङमुनी तीसओटा भन्ने कथनलाई पनि मात गरिदिएका छन् । तर भारतमा महात्मा गान्धी थिए, राष्ट्रको वापु बने । यी महाभ्रष्ट हुन्, घृणाका पात्र भएका छन् ।
पञ्चायत थियो, पञ्चले बिगारे । बहुदल आयो, प्रजातन्त्रवादीले बिगारे । लोकतन्त्र आयो, अग्रगमनकारीले बिगारे । प्रश्न फेरि उठ्यो– बिगार्ने तन्त्रले कि व्यक्तिले ?

footer