विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गठबन्धनको भार कांग्रेसलाई नै पर्ने

585
shares

 

काठमाडौ । पाँच दलीय गठबन्धनलाई १ सय ६५ सिटमा भागवण्डा गर्न फलामको च्यूरा चपाउनु सरह भएको छ । गठबन्धनमा रहेका दलहरुमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
ती मध्येका राष्ट्रिय जनमोर्चा बाहेककाले माग गरेको संख्या हेर्दा झण्डै १ सय ६५ सिटको डबल हुन्छ । कांग्रेसले आफूले घटीमा १०० सिट पाउनुपर्ने दाबी गरिरहेको छ भने माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी ३० र राष्ट्रिय जनमोर्चाले संघीय संसदमा २ र प्रदेशसभामा ३ जनाको दाबी गरिरहेको छ ।
माओवादी केन्द्र र नेकपा एकीकृतले कुनै पनि सर्तमा कांग्रेसलाई प्रत्यक्ष र समानुपातिक दुवैबाट संघीय संसदमा बहुमत पु¥याएर फेरी सरकारको नेतृत्व आफैँले गर्ने दाउमा पार्टी सभापति देउवा रहेका छन् भने माओवादी र एकीकृत समाजवादी आफूहरुको सहयोग र समर्थन बेगर कांग्रेसले सरकार बनाउन नसक्ने अवस्थामा कांग्रेसलाई राख्न चाहिरहेका छन् ।
संघीय संसदमा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिक तर्फबाट १ सय १० सिट व्यवस्था रहेको छ । संघीय संसदमा जम्मा २ सय ७५ सिट रहने सम्वैधानिक व्यवस्था रहेको छ त्यसको बहुमत भनेको १ सय ३८ सिट हुन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीलाई निर्वाचन पछि पनि महन्थ ठाकुर नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गर्न सक्ने भएकाले उसलाई पनि सरकारमा सामेल गराएर गठबन्धनमा राख्न चाहेका भएपनि माओवादी र एकीकृत समाजवादीले विरोध जनाएका हुनाले अब लोसपा गठबन्धनमा जान सक्ने सम्भावना न्यून रहेको छ ।
जनता समाजवादी पार्टीले लोसपालाई सरकारमा र गठबन्धनमा ल्याउन चाहिरहेको छैन । यदि लोसपा पनि गठबन्धनमा आएको खण्डमा आफ्नो पार्टीको सिट संख्या घट्ने डर जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादलाई रहेको छ जनता समाजवादी र लोसपाको मधेश प्रदेश नै आधार क्षेत्र हो । मधेश प्रदेशबाहेक अन्य प्रदेशमा यी दुवै पार्टीको खासै आधार क्षेत्र देखिएको छैन ।
कांग्रेसले गठबन्धन गर्नुपरेको कारण आफ्नो पार्टीका धेरै नेता तथा कार्यकर्ताहरुलाई टिकट दिन सक्ने अवस्था रहेको छैन भने उसलाई समानुपातिकका धेरै सिट जित्नुपर्नेमा नेकपा एमालेले अवरोध गर्न सक्ने सम्भावना रहेको छ । कांग्रेस र एमालेले एक दुई सिटको फरकमा मात्र समानुपातिक सिट संख्या जित्न सक्छन् ।
वितगको निर्वाचनमा पनि नेकपा एमालेले ४१ र कांग्रेसले ४० सिट समानुपातिकबाट पाएका थिए भने अहिले पनि त्यही हाराहारीमा उनीहरुले समानुपातिक तर्फबाट सिट संख्या पाउन सक्ने सम्भावना रहेको छ ।
पाँच दलीय गठबन्धनमा रहका दलहरुको एउटै उदेश्य हो नेकपा एमालेलाई रोक्नु । पछिल्लो समयमा नेकपा एमालेमा प्रवेश गर्ने गर्नेहरुको लहर चलेकोमा समाजवादीबाट धेरै नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुनाले नेकपा एमालेले समेत गठबन्धनका बाबजुद एक्लै बहुमत ल्याउने प्रयास गरिरहेको छ ।
एक्लाएक्लै निर्वाचनमा गएका भएपनि कांग्रेस र एमालेबीचमै कम्पिडिसन हुने थियो भने माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको हालत खराब हुने निश्चित जस्तै भएकाले उनीहरु कांग्रेसको पुच्छर समाएर बैतर्णी तर्ने प्रयासमा लागेका छन् । हेर्न बाँकी छ, उनीहरुको रणनीतिक उदेश्य कति हदसम्म पुरा हुन्छ ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports