विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुरा होला त पौडेलको धोको

559
shares

 

काठमाडौ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राजनीतिक जीवनकै अन्तिम अवस्थामा पुगेका छन् । त्यही कारणले गर्दा उनले मंसिर ४ गते हुने संघीय संसदको निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । पौडेलले उम्मेदवार बन्ने घोषणा गरेको क्षेत्रमा गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रहेका व्यापारी पृष्ठभूमिका कृष्णकुमार श्रेष्ठ (किसान)ले पौडेललाई पराजित गरेका थिए ।
अहिले श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा रहेका छन् । त्यसबेला श्रेष्ठले पौडेललाई ६ हजार ८ सय २ मेतको अन्तरमा पराजित गरेका थिए । गठबन्धनमा रहेका अन्य दलले २०७४ मा जितेको क्षेत्रलाई सुरक्षित राख्ने खोजिरहेका बेला पौडेलले भने त्यही क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका छन् ।
त्यस क्षेत्रमा गठबन्धनका अन्य दलले दाबी गरेका छैनन् । पौडेललाई जिताउनका लागि गठबन्धनले श्रेष्ठलाई अन्य क्षेत्रमा उम्मेदवार बनाएर जिताउने रणनीति लिन सक्छ । तर पौडेललाई जिताउनका लागि गठबन्धन भन्दा कांग्रेसभित्रै बाट अवरोध सिर्जना हुन सक्ने सम्भावना रहेको छ । पौडेलले उम्मेदवारी गरेको क्षेत्रबाट गोविन्दराज जोशी निर्वाचन लड्दै आएको क्षेत्र हो । पौडेल र जोशीबीचको सम्बन्ध निकै विग्रिएको र एकले अर्कोलाई सिध्याउने खेलमा लागेका हुनाले पौडेललाई जित हात पार्न निकै सकस देखिन्छ ।
गएको स्थानीय तहको निर्वाचनमा जोशीले आफ्ना छोरा दिर्घराज जोशीलाई व्यास नगरपालिकाको प्रमुखमा कांग्रेसको विरुद्ध उठाएका थिए । त्यसबेला कांग्रेसका उम्मेदवार बैकुण्ठ नेउपाने थोरै मतले विजयी भएका थिए । जोशीलाई एमालेले समर्थन गरेको थियो । त्यही कारणले गर्दा संसदीय चुनावमा पनि एमाले र जोशीबीच तालमेल हुन सकछ, कांग्रेसका विरुद्ध ।
एमाले र जोशीबीचमा तालमेल भएको खण्डमा पौडेलका लागि त्यो भारी पर्ने निश्चित जस्तै देखिएको छ । गोविन्दराज जोशीले केही दिन पहिला नै आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । जोशीलाई उम्मेदवार बन्न नदिएको खण्डमा उनले अर्को व्यक्तिलाई समर्थन गरेर पौडेलका विरुद्ध उठाउन सक्ने सम्भावना समेत देखिएको छ । पौडेलले भने एमाले विभाजित अवस्थामा रहेको र आफूँ गठबन्धनको उम्मेदवार रहेको हुनाले सहजै जित हाँसिल हुनेमा ढुक्क रहेका छन् ।
स्थानीय तहको निर्वाचनको परिणामले पौडेललाई बल मिलेपनि कांग्रेसभित्र हुने अन्र्तरघात र जोशीको कारणले गर्दा पौडेललाई सोचेजस्तो सहज अवस्था नभएको कांग्रेस सुत्रले नै बताएको छ ।
पौडेलले भने आफू सहज रुपमै जित हाँसिल गर्ने र एक पटक प्रधानमनत्री भएर सिंहदरबारमा फोटो झुण्डाउने पक्षमा रहेकाले गर्दा पौडेलको जित हार कांग्रेसको अन्तरघात र पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको भूमिका महत्वपूर्ण हुने देखिएको छ । के पौडेललाई प्रधानमन्त्री बनाउन देउवा सहमत होलान् त ? भन्ने प्रश्न समेत अहिले तनहुँमा चर्चाको विषय बनेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports