प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज नेपाल र इन्डोनेसियाको मैत्रीपूर्ण खेल 

676
shares

 

काठमाडौं । नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू–२३ राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी यू–२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमणमा रहेको नेपालले इन्डोनेसियासँग खेल्न लागेको हो ।

नेपाल र इन्डोनेसियाबीचको खेल ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । एएफसी यू–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
छनोटमा समूह बी मा रहेको नेपालले इरान, ताजिकिस्तान र लेवनानसँग खेल्नेछ । नेपालले पहिलो खेल आगामी सोमबार अक्टोबर २५ मा इरानसँग खेल्नेछ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टिमका ६ खेलाडीलाई समावेश गर्दै २३ सदस्यीय टोली तयार पारेका छन् । त्यसबाहेक राष्ट्रिय टिमबाट खेलिसकेका अरु ५ खेलाडी पनि टिममा छन् ।
टिममा राष्ट्रिय टिमको अनुभव भइसकेका करिब आधा खेलाडी रहेकोले पनि यस पटक छनोटमा नेपालले राम्रो गर्ने आशा प्रशिक्षकले राखेका छन् ।
छनोटमा कूल ११ समूह छ । त्यसमा हरेक समूहको शीर्ष टोली एएफसी यू–२३ एसियन कपमा छनोट हुनेछन् । यस्तै दोस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।आयोजक उज्वेकिस्तान भने यसअघि नै छनोट भइसकेको छ ।

नेपाली टिम

अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिब गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु, नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखि, आकाश बुढा मगर, रोशन पहाडी, ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ र एरिक विष्ट रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports