kumari
stcnepal

मंसिर पुषमा ताजा जनादेश घोषणा हुने

काठमाडौँ । पाचँदलिय गठवन्धन वीच दशै पछि प्रदेश १. वाग्मति प्रदेश र कर्णाली प्रदेशमा सरकार परिवर्तन गर्ने सहमति भएपनि कहा कस्ले नेतृत्व गर्ने भन्नेमा गठवन्धनभीत्रै सकस देखिएको छ ? प्रदेश सरकारको नेतृत्व हत्याउन दलहरु वीचमा होड चलेपछि केन्द्रवाट कुनै निर्णय नहुँदा ति प्रदेशहरुमा अन्योल वढदै गएको छ । पाँच दलिय गठवन्धनमा रहेको राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री शेरवहादुर देउवाको नेतृत्वको सरकारमा सहभागी नभएपनि प्रदेशका सरकारमा सहभागी हुदै आएको छ ।

पाँच दलिय गठवन्धनमा काग्रेस माओवादी केन्द्र र नेकपा एकीकृत र जसपा मध्येका काग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दुई ÷दुई र जसपाले एकमा सरकारको नेतृत्व गर्ने सहमति गरेका भएपनि कुन कुन प्रदेशमा काग्रेस माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले नेतृत्व गर्ने भन्नेमा विवाद उत्पन्न भएको छ  प्रदेश न.२ मा जसपाले नेतृत्व गरेको हुनाले त्यहाँ कुनै विवाद रहेको छैन ।देउवा नेतृत्वको सरकारलाई पूर्णता दिने वेलैमा प्रदेश न . १ र वाग्मति प्रदेशमा सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने जसपाले २ मा लुम्विनी र सुदुरपश्चिममा माओवादीले गर्ने र गण्डकी प्रदेश र कर्णालीमा काग्रेसले नेतृत्व गर्ने सैद्धान्तिक सहमति भएको थियो ।

अहिले प्रदेश न २ लुम्विनी गण्डकी र सुदुरपश्चिममा सम्वन्धी दलकै सरकार रहेकोले त्यहाँ समस्या नभएपनि प्रदेश न. १ मा हालको नेकपा एमालेको सरकारलाई विस्थापित गर्न पर्ने र कणार्ली प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेकोले उक्त प्रदेशको सरकारलाई हटाएर काग्रेसको नेतृत्वमा सरकार निमार्ण गर्न पर्ने हुन्छ । प्रदेश न. १ मा एकीकृत समाजवादीलाई सरकारको नेतृत्व दिन सहमति जुटेको दावी गरीएपनि वाग्मती प्रदेशमा भने काग्रेसले दावी गरीरहेको छ भने कर्णालीमा पनि माओवादी केन्द्रले नेतृत्व हस्तारन्तरण गर्न आनाकानी गरीरहेकाले सकस देखिएको हो ।

सघीय ससदको प्रमुख विपक्षी दल नेकपा एमालेलाई एकल्याउन काग्रेस,माओवादी केन्द्र एकीकृत समाजवादी पार्टी ज्यानै छोडेर लागेका भएपनि एमालेले भने ताजा जनादेशको माग गरीरहेको छ । मंसिरमा नेकपा एमालेका महाधिवेशन सम्पन्न भए प्रश्चात नेकपा एमालेले आफ्नो मागलाई सम्वोधन गर्न मुलुकभरवाटै आन्दोलनको घोषणा गर्न सक्ने भएकाले गर्दा र संघीय ससद समेत राम्रेसँग चल्न नसकेको हुनाले मंसिरको अन्त्य सम्ममा वा पुषभीत्र ताजा जनादेशको घोषणा हुन सक्ने सम्भावना रहेको छ ।

footer