काठमाडौं मेडिकल कलेजका बिद्यार्थीहरु आन्दोलित
वि.सं.२०७८ पुस २१ बुधवार १४:२६
shares

काठमाडौं । चिकित्सा शिक्षामा सरकारले तोके भन्दा बढि शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजका बिद्यार्थीहरु आन्दोलित भएका छन् ।काठमाडौं मेडिकल कलेज ९केएमइसी० ले तोकेभन्दा बढी शुल्क लिएको भन्दै बिद्यार्थीहरुले आज काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले मेडिकल माफिया मुर्दावाद, हाम्रो भविष्य सुनिश्चित गर, लुटतन्त्र बन्द गर, बिद्यार्थी एकता जिन्दाबाद लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरुले होस्टल अनिवार्य र मेस अनिवार्य गरिएको गुनासो गरेका छन् ।
आफुहरुको मागहरु अबिलम्व पुरा गरि कानूनले तोकेको शुल्कमा पढ्ने वातावरणको व्यवस्था गर्न पनि सरकारसगमाग गरेका छन् । बिद्याथीैहरुले कानूनको प्रवाह नगरि असुल गर्न खोजिएको अतिरिक्त शुल्कहरु तिर्न बाध्य नहुने चेतावनी दिएका छन् ।





































