सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्ने तयारी : प्रधानमन्त्री देउवा

416
shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ पहिलो साता स्थानीय तह निर्वाचन हुने बताएका छन् तर सरकारले निर्वाचनको मिति तोक्न सकेको छैन ,सुत्रका अनुसार आज प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसग परामर्श गर्ने र सम्भवतः भोली या पर्सी निर्वाचनको मिति तोकिन सक्छ ।

जेष्ठ ५ अगाडि नै स्थानीय तह निर्वाचन गर्ने गरी सरकारले परामर्श गरिरहेको प्रधानमन्त्री देउवाको भनाइ रहेको छ। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको बागमती प्रदेशका पदाधिकारीहरूको भेटमा जेठमा स्थानीय चुनाव हुने बताएका छन्। हिजो सोमबार बागमती कांग्रेसका पदाधिकारीहरू सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न गएका थिए।

‘जेठ ४ गते स्थानीय तह चुनाव गर्ने तयारी छ। तपाईंहरूले पनि आफ्नो ठाउँबाट तयारी थाल्नुस् भनेर प्रधानमन्त्री एवं सभापतिले भन्नुभएको हो,’ बागमती कांग्रेसका महामन्त्री राजु श्रेष्ठले भने,प्रधानमन्त्री देउवाले सबैसँग छलफल गरेर सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने पनि बताएका थिए।

निर्वाचन आयोगले सरकारलाई स्थानीय चुनावको मिति तोक्न पटक /पटक आग्रह गरिरहेको छ। प्रधानमन्त्री देउवाले स्थानीय चुनावको मिति तय गर्न निर्वाचन आयोगका पदाधिकारीहरूसँग पनि छलफल गर्न लागेका छन्। सत्तारूढ गठबन्धनले पनि जेठभित्र स्थानीय चुनाव गर्ने सहमति गरेको थियो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि जेठभित्रै स्थानीय चुनाव गर्न माग गरिरहेको छ। कांग्रेसभित्र पनि जेठभित्रै स्थानीय तह चुनाव गर्नुपर्ने नेताहरूले माग गरिरहेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports