kumari
stcnepal

ला–लिगामा बार्सिलोनाको सुरुवाती जित

काठमाडौं ।
स्पेनिस ला–लिगा फुटबलमा बार्सिलोनाले सुरुवाती जित निकाल्न सफल भएको छ । गए राती भएको खेलमा बार्सीलोनाले रियल सोसीडाडलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा पिकेले १९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । साथै, पहिलो हाफको इन्जुरी समयमा र ५९ औं मिनेटमा ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई ३–० को स्थानमा पुर्याएका थिए ।

खेलको ८२ औं मिनेटमा जुलेनले गोल गर्दै सोसीडाडलाई ३–१ को स्थितिमा ल्याए । ८५ औं मिनेटमा मिकेलले गोल गर्दै सोसीडाडलाई ३–२ को अवस्थामा पुर्याउदै केही आशा दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४–२ को शानदार जित दिलाए। जितसँगै बार्सिलोनाले ३ अंक जोडेको छ ।

footer