kumari
stcnepal

कमल थापाले २३ दललाई आह्वान गरे

काठमाडौं ।
राप्रपा अध्यक्षले २३ दलको मोर्चालाई राप्रपामा आउन आह्वान गरेका छन् । हाम्रो हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डा एकै भएकाले एकजुट भएर अघि बढ्न सकिन्छ, त्यसैले राप्रपामा आउन आग्रह गरेका हुन् । राप्रपा अध्यक्ष कमल थापाले २३ वटा दलहरु हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डामा निर्बाचित भएका र सबै दलहरु एकजुट भएर अगाडी बढ्नुपर्ने बिचार अघि सारेका छन् ।

अध्यक्ष थापाले भनेका छन्– ०६२÷६३ मा हामी एक्लै थियौँ, लडदैभिडदै अघि बढ्यौँ। अहिले हिन्दुराष्ट्र र राजसंस्थामा आस्था राख्ने धेरै भएका छौँ । यो बिचार बोक्ने २३ दल निर्वाचन आयोगमा दर्ता छन् । छरिएर रहँदा एजेण्डा कमजोर हुन्छ । हिन्दुराष्ट्र र राजसंस्था चाहने सबै यो बिचारको मुलसंवाहक राप्रपामा एकजुट हुन आह्वान गर्दछु, अध्यक्ष थापाले भनेका छन् ।

footer