kumari
stcnepal

सरकार नै कुहिराको काग

काठमाडौं ।
एमसीसी के हो ? सरकारलाई नै थाहा रहेन । एमसीसी चाहियो भनेर सरकारले माग्ने, अहिले आएर एमसीसीबारे स्पष्ट पार भनेर अमेरिकालाई चिठी लेख्ने ? कति हुस्सुहरुले देश चलाएका रहेछन् ?नेपालले कूटनीतिक नोट अर्थात प्रश्न सोधेको छ, अमेरिकाले जवाफ दिइसकेको छैन । अमेरिकी दूतावास भन्छ– एमसीसी संसदबाट पास हुने यो सकारात्मक सुरुआत हो ।

एमसीसी बारे बहस हुनु अनुचित होइन । अचम्म त कहाँनेर छ भने डा.रामशरण महतजस्ता बुद्धिजीवी खेमा अमेरिकाले समेत लिन नसकेको जिम्मेवारी लिएर यो प्रस्ताव संसदबाट पारित गर्नुपर्छ भनेर अड्डी लिइरहेका छन् ।

यस्तो दृश्यलाई विश्लेषकहरुले भनिदिएका छन्– अमेरिकाले भिसा दिन्न भन्यो, तिम्रा सन्तानहरुलाई फर्काइदिन्छु भन्यो भने यिनले पासमात्र होइन, पञ्चाछाप नै लगाइदिन्छन् । यही कारण हो, एमसीसीबारे बौद्धिक बहस नै हुनछाडेको छ । गल्ती अमेरिकी एमसीसीमा होइन, कमजोरी हाम्रा नेताहरुमा छ । अब आउने चुनावमा एमसीसी प्रमुख मुद्दा बन्नेवाला छ ।

footer