२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रोडक्शन डिजाइनर ओली सम्मानित

910
shares

काठमाडौ । बिगतमा चलचित्रमा प्रोडक्सन डीजाइनर राख्ने चलन थिएन जसका कारण फिल्म छायाँकनमा बाधा, अड्चन आउथ्यो । प्रोडक्सन डिजाइनरले आफ्नो डिजाइनमा काम गर्न थाले पछि निर्मातासंगै सम्पुर्ण टिमलाई ठुलो राहत हुने नै भयो ।

प्रोडक्सन डिजाईनरको रुपमा डेढ दशक देखि काम गर्दै आईरहेका यमप्रसाद ओली सम्मानित भएका छन् । पुर्व कानुन तथा न्याय मन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न पावर इन्टरनेशनल मिडिया नेपालद्धारा आयोजित ‘पिम नेपाल फिल्म फेष्टिवल २०२०’ कार्यक्रममा ओली ‘बेष्ट प्रोडक्शन डिजाई’ को सम्मानबाट सम्मानित भएको हुन् ।

ओलीले आभास, बिजुली मेशिन, रुदाने, होस्टेल रिटर्नस, पुरानो बुलेट, सानो मन, सुखानी सहादत, रिलेसन, प्रोडुसर, स्कुल, होस्टेल लगाएतका फिल्ममा काम गर्नुका साथै दर्जनौं म्युजिक भिडियो, लघु चलचित्रहरु, बिज्ञापन तथा विभिन्न डकुमेन्ट्रीका साथै विदेशी प्रोजेक्टहरुमा समेत काम गरिसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports