सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब यस्ता विध्वंशका घटना कहिल्यै नहोस्

845
shares

 

गत शुक्रबार १५ गते राजावादीहरुले राजधानीमा विरोध कार्यक्रम गर्ने उद्घोष निकै पहिला नै सार्वजनिक गरेका थिए । त्यही दिन नेकपा माओवादी, एकीकृत समाजवादी लगायतका समाजवादी मोर्चाले समेत राजधानीमा विरोधको कार्यक्रम राखेका थिए । त्यही कारणले गर्दा सरकारले दुवैतिर प्रहरीलाई खटाएको थियो । सरकारले समाजवादी मोर्चालाई भृकुटीमण्डपमा र राजावादीलाई तिनकुनेमा विरोध प्रदर्शन गर्न अनुमति दिएको थियो । राजावादीहरु भक्तपुर काभ्रे लगायतका क्षेत्रबाट तिनकुने आउन लाग्दा उनीहरुलाई जडीबुटी लगायत कोटेश्वरमै रोकिएपछि उनीहरु आक्रोशित भएका थिए । सभा आयोजना हुने स्थलमा बनाइएको स्टेजमा अश्रुरग्यास प्रहार गरेपछि आयोजकहरु त्यहाँबाट हिडेका हुनाले नै सभा विथोलिएको थियो । सभा सुरु नै नभएको अवस्थामा स्टेजमा किन कसले अश्रुग्यास फाले ? त्यसको सत्य तथ्य सरकारले सार्वजनिक गर्नुपर्दछ ।
प्रदर्शनकारीहरु कता जाँदैछन् के गर्न खोजिरहेका छन् भने दृष्य सार्वजनिक सञ्जालमा लाइभ भइरहेका थिए र सञ्जालबाट निर्देशन दिने काम समेत भइरहेको अवस्थामा प्रहरी प्रशासनले किन त्यसलाई गम्भीर रुपमा लिन सकेन ? प्रहरी भीड नियन्त्रण गर्न र स्थितिलाई आकंलन गर्न किन असफल भयो त्यसैको परिणाम हो २ जनाको निधन र ठुलो क्षति । सरकारले आफ्नो उपस्थिति बलियो रुपमा देखाउन नसकेको र व्यक्तिको घरमा पसेर प्रदर्शनकारीहरुमाथि अश्रृग्यास प्रयोग गरेको आरोप प्रदर्शनकारी र आयोजकहरुले लगाइरहेकाले अब त्यसमा छानविन गरी सत्य तथ्य बाहिर ल्याउने काम सरकारको हो । जनताले संविधानले दिएको अधिकार प्रयोग गर्न पाउने जनताको नैसर्गिक अधिकार हो । तर सभा आयोजना गर्न बनाइएको स्टेजमा सभा सुरु नै नभइकन किन अश्रुरग्यास प्रहार गरियो त्यो कसले प्रहार ग¥यो ? त्यसको सत्य तथ्य छानविन गरी अपराध गर्नेमाथि कानुनी कारबाही गर्ने दायित्व सरकारको हो । राजावादीहरुका अनुसार सभा सुरु नै नभई प्रहरीद्वारा नै मञ्चमा अश्रुरग्यास प्रहार गरिएको आरोप राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले लगाएका छन् । यदि त्यो साँचो हो भने अश्रृग्यास प्रहार गर्न आदेश दिने व्यक्तिमाथि कानुनी कारबाही हुनुपर्दछ । स्टेजमा बसेका ८७ वर्षीय नवराज सुवेदीमाथि म्याद सकिएको टियर ग्यास किन प्रहार गरियो ? त्यसरी टियर ग्यास प्रहार भएपछि प्रदर्शनकारीहरु उत्तेजित भएका थिए । मिश्रका अनुसार कार्यक्रमलाई असफल पार्नका लागि सरकारले नै घुसपैठ गराएको थियो ।
स्टेजमा टियर ग्यास प्रहार गरिएपछि प्रदर्शनकारीहरु कता जाँदैछन् के गर्न खोजिरहेका छन् भन्ने अधिकांश दृश्य सामाजिक सञ्जालबाट लाइभ भएका भएपनि त्यतापट्टि किन प्रहरीको ध्यान गएन ? यत्तिका धेरै सूचनाहरु हुँदाहुँदै पनि प्रहरी भिड नियन्त्रण र स्थिति नियन्त्रणमा लिन चुकेको प्रष्ट रुपमै देखिन्छ । समयमै प्रहरी पुग्न नसक्दा धेरै ठाउँमा निर्वाध रुपमा लुटपाट र तोडफोड भएको थियो । सरकारले भने राजावादीहरुको उपस्थिति यति धेरै नहुने र स्थिति यो हदसम्म जान्छ भन्ने अनुमान आफूहरुले नगरेको बताउँदै सरकार पन्छिन खोजेको जस्तो देखिएको छ । राजावादीहरुलाई उक्साउने काममा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले समेत बल पु¥याएको छ । उनले पटक पटक राजावादीहरुलाई धम्क्याउँदै आन्दोलन गरेर देखाउन धम्की समेत दिँदै आएका थिए भने आफू तीन÷तीन पटक मुलुकको प्रधानमन्त्री रहँदा जनताको हितमा कुनै ठोस उपलब्धिमूलक कार्य गर्न सकेका थिएनन् ।
नेपाल प्रहरीका फिल्ड कमाण्डररुले विगतका घटनाहरुबाट समेत पाठ नसिकेको प्रष्ट रुपमै देखिएको थियो । कमाण्डरहरुले छिन छिनमा पाउने सूचनालाई विश्लेषण गर्न नसक्नु र तत्काल कुनै निर्णय लिन नसक्नुले नै सो घटना घटेको थियो । सरकारले जनतालाई आवश्यक पर्ने सेवा सुविधा दिन नककेको महंगीले आकाश छोएको, लाखौँ युवा युवती बेरोजगार रहेका, भ्रष्टाचार बढेको, पार्टीगत राजनीतिले गर्दा राजनीतिमा नलागेका व्यक्तिहरु निराश रहेको जस्ता विभिन्न घटनाले जनता आक्रोशित भएका बेला राजनीतिक दलहरुले र सरकारले जनताका समस्याहरु समाधान गर्नुको सट्टा सत्ताकै छिनाझटिमा अल्झिनुले गर्दा पनि युवावर्गमा एक प्रकारको आक्रोश बढेको हो यसैको परिणाम हो सरकार विरोधको कार्यक्रम र दल विरोधी कार्यक्रम ।
आइन्दा यस्ता विध्वंसत्मक र हिंसात्मक कार्य नहुनु र सरकारले र राजनीतिक दलहरुले समेत कसैमाथि प्रतिशोध लिने कार्य नगरी सबैलाई समान व्यवहार गर्दै अघि बढ्न सकेमात्र १५ गते भएको हिंसात्मक घटनामा निधन भएका व्यक्तिहरुको आत्माले शान्ति पाउने भएकोले आइन्दा यस्ता प्रकारका घटना नहुन् भन्दै हामी दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports