kumari
stcnepal

दाहालको चक्रव्यूहमा फस्ला त कांग्रेस ?

 

आलोपालो माओवादीबाट प्रयोग भएपछि नेपााली कांग्रेस र एमालेले २०८१ असार १७ गते ७ बुँदे सहमति गरेर नयाँ सत्ता समिकरण बनाएका थिए । पुष्पकमल दाहाल सत्ताबाट बाहिरिनु परेको एक वर्ष नवित्दै दाहाललाई फेरी सत्ताको छटपटी बढेको छ । त्यही कारणले गर्दा उनले आफूलाई सत्ताबाट हटाएर कांग्रेस–एमालेले सत्ताको दुरुपयोग गरिरहेको आरोप लगाउँदै आएका छन् । सत्ताबाट हट्नु परेपछि उनले प्रायः प्रत्येक दिन सत्तालाई गाली गर्न छाडेका छैनन् । तर, गत विहिबार एक टेलिभिजनसँग कुराकानी गर्दै दाहालले आफू कांग्रेससँग सहकार्य गर्न तयार रहेको अभिव्यक्ति दिएका छन् । उनले वर्तमान केपी ओली नेतृत्वको सरकारको जग नै नरहेको भन्दै कांग्रेसलाई फकाउन नयाँ कार्ड फालेका छन् । कांग्रेसले चाहे आफ्नो दल सरकारमा सहभागि हुने वा बाहिरै बसेर पनि समर्थन गर्न आफू तयार रहेको अभिव्यक्ति दिएका हुनाले दाहाल सत्तामा जान कति आतुर रहेछन् भन्ने प्रष्ट भएको छ ।
दाहालका अनुसार यो सरकारको जग नै कमजोर भइसकेको हुनाले अबको कोर्स भनेको कांग्रेसहित शान्ति सम्झौताका सहयात्री दलहरु एकै ठाउँमा उभिनुपर्ने तर्क उनले गरेका छन् । त्यसैले नेपाली कांग्ेसले चाहेनुसार गर्न आफूँ तयार रहेको र कांग्रेसलाई बाहिरबाट समर्थन गर्न वा सरकारमै सहभागि भएर पनि कांग्रेसकै भनाई अनुसार गर्न आफू तयार रहेको बताउँदै वर्तमान सत्ता गठबन्धनलाई टुटाउन लागि परेको प्रष्ट पारेका छन् । तर नेपाली कांग्रेस र नेकपा एमालेबीचमा भएको ७ बुँदे सहमति अनुसार प्रधानमन्त्री केपी ओली अझैँ १४ महिना पदमा रहिरहन्छन् । कांग्रेससँग भएको सहमति अनुसार एकसाता अघि नै आफूले राजिनामा दिने र नेपली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रधानमन्त्री ओलीले पटक पटक बताइरहेका छन् ।
कांग्रेसका सभापति देउवाले समेत पटक÷पटक प्रधानमन्त्री ओलीलाई भरोसा दिलाईसकेको अवस्थामा नोली कांग्रेसभित्र खेलेर आफ्नो स्वार्थ पूरा गर्ने रणनीतिमा दाहाल लागि परेको भएपनि कांग्रेस र एमालेलाई दाहालले पटक पटक धोका दिएका हुनाले अहिलेकै अवस्थामा कांग्रेस–एमालेको सत्ता गठबन्धन टुट्ने सम्भावना न्यून रहेको छ । कांग्रेसभित्र सत्ताको नेतृत्व परिवर्तन गर्ने भन्दा पनि सरकारको काम कारबाही अझै प्रभावकारी बनाएर अघि बढ्नुपर्नेमा नै जानुपर्दछ भन्ने रहेकाले दाहालले तत्कालै सत्तामा पुग्ने रहर अहिलेकै अवस्थामा पूरा हुन सक्ने सम्भावना देखिएको छैन । कांग्रेसका महामन्त्री गगन थापाले समेत पुष्पकमल दाहालको कांग्रेससँगको सत्ताको सहकार्यको प्रस्ताव गरेको सार्वजनिक कार्यक्रममै बताइसकेका हुनाले सत्तामा पुग्न दाहाल जस्तोसुकै हथकण्डा अपनाउनु पनि तयार रहेको प्रष्ट हुँदै गएको छ ।
आफूलाई हठात हटाएको भन्दै दाहालले कांग्रेससँग सत्ता सहकार्यको गर्न अनुनय विनय गरिरहेका छन् । कांग्रेसले एमालेसँग सत्ताको समिकरण बनाएदेखि दाहालले कांग्रेससँग सहकार्य गर्ने प्रयास गरिरहेका छन् । पहिले विभिन्न पक्षले सडक आन्दोलन गरिरहेका हुनाले त्यसको फाइदा उठाएर आफ्नो पार्टीलाई सत्तामा पु¥याउने रणनीतिक उदेश्यका साथ दाहाल अघि बढेका भएपनि कांग्रेसले उनलाई विश्वास गर्न सकिने आधारहरु नभएको भन्दै कांग्रेसका नेताहरुले अहिलेकै सरकारले अरु प्रभावकारिताका साथ काम गर्नुपर्ने बताएका छन् । कांग्रेस र एमालेले एक अर्काप्रति विश्वास देखाइरहेका बेला दाहालले भने ओली सरकार एक वर्षसम्म पनि नजाने बताउँदै आएका थिए । दाहालले त ओली सरकार गठन भएको एक महिनोखि नै ओली सरकार आजै जाने भोली नै जाने भन्दै मुलुकमा अस्थिरता फैलाएर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेका हुनाले दाहाल नै अस्थिरताको नायक जस्तै भएका छन् ।
पुष्पकमल दाहाल संघीय संसदको प्रमुख विपक्षी दलका नेता समेत रहेका भएपनि जम्मेवार राजनीतिक नेताको रुपमा उनी जिम्मेवार नरहेको प्रष्ट हुँदै गएको छ । अहिलेसम दाहाल सत्ताबाट बाहिरिनु परेको पिडाबाट उनी मुक्त हुन सकेका छैनन् । त्यसैले उनले सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसलाई आफ्नो चक्रव्यूहमा पारेर आफ्नो स्वार्थ पूरा गर्ने रणनीतिक उदेश्यका साथ उनी लागि परेका भएपनि कांग्रेसले समेत दाहालबाट पटक पटक धोका पाइसकेको अवस्थामा कांग्रेस अहिलेकै अवस्थामा दाहालको चक्रव्यूहमा फस्न सकने सम्भावना न्यून रहेको छ ।
दाहालको रणनीति भनेको कांग्रेस–एमालेबीचको दुरी बढाएर आफ्नो स्वार्थ पूरा गर्ने नै हो । जसरी भएपनि सत्तामा पुग्ने रणनीति दाहालमा देखिएको हुनाले अब दाहालबाट कांग्रेस–एमाले दुवै सतर्क रहनुपर्ने अवस्था देखिएको छ । दाहालका पछिल्ला अभिव्यक्ति अस्थिरता निम्त्याउनैका लागि आएका हुनाले यो प्रयासलाई कांग्रेस–एमालेको संयुक्त सरकारले असफल पारी पुष्पकमल दाहालको अस्थिरताका प्रर्यायवाची नाम हो भन्ने सन्देश जनतामा लानुपर्ने आवश्यकता हामीले देखेका छौँ ।

footer