२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जान्नेलाई छान्ने रास्वपाबाट घिसिङ आउट अब पालो बालेनको !

2.08K
shares

 

जान्नेलाई छान्ने भन्ने उद्घोष गरेको रास्वपाबाट कुलमान घिसिङको उज्यालो नामक पार्टी अलग भएको छ । करिब १२ दिन पहिला कुलमान घिसिङले र रास्वपाका सभापति रवि लामिछानेले पार्टी एकता गर्ने सहमति गरेका थिए तर सहमतिको मसि सुक्न नपाउँदै कुलमान संरक्षक रहेको उज्यालो नेपाल नामक पार्टी रास्वपाबाट अलग भएको छ । रास्वापका सपभाति लामिछाने र उज्यालो नेपालका पार्टी अध्यक्ष बनेका घिसिङले एकले अर्कोमाथि आरोप प्रत्यारोप लगाउँदै पार्टी अलग भएको घोषणा गरेका छन् । रास्वपाका अनुसार घिसिङलेले माग माथि माग थप्दै गएका र आफ्नो पक्षका मानिसहरुलाई समानुपातिकतर्फ १÷२ नम्वमरा राख्नुपर्ने र आफ्नो हैसियत अहिले नै प्रष्ट पार्नुपर्ने दवाव दिएको रास्वपाको भनाई रहेको छ भने उज्यालो नेपालले भने आफ्नो पक्षसँग भएको सहमतिलाई रास्वपाले उल्लंघन गरेको केन्द्रीय समितिमा पहिला सहमति भएनुसार केन्द्रीय सदस्य नबनाइएको र समानुपातिक बन्द सूचीमा आफ्नो पक्षका मानिसलाई पुच्छारमा राखेर जित्न नसकिने अवस्थामा पु¥याइएको आरोप लगाएको छ ।
रास्वपाले सरकार निर्माण गर्न सक्ने सांसदहरु आफ्नो पार्टीले जित्ने र बालेन साहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा गरेपछि घिसिङ संकटमा परेका थिए । घिसिङ आफैँ प्रधानमन्त्रीको उम्मेदवार बन्न चाहान्थे तर रास्वपाले उनलाई उपसभापतिाम राखेर बालेनलाई बरिष्ठ नेता समेत बनाएकोले गर्दा घिसिङ असन्तुष्ट रहँदै आएका थिए त्यही कारणले गर्दा उनले पुस २६ गते रास्वपाबाट आफू संरक्षक रहेको उज्यालो नेपाल नामक पार्टी अलग रहेको भन्दै आफैँ उज्यालो नेपालको अध्यक्ष बनेका थिए भने पहिला अध्यक्ष रहेका उज्यालो नेपालका अध्यक्ष अनुप उपाध्यायलाई पार्टीको संरक्षक बनाएका थिए । पार्टीको संरक्षकको खास हैसियत नहुने भएकाले घिसिङ आफँै पार्टी अध्यक्ष बनेका हुन् ।
उज्यालो नेपाल पार्टी गठन गर्दाको समयमा घिसिङ मन्त्री पदमा रहेकाले गर्दा उनी मन्त्री पदमै रहिरहन अनुप उपाध्यायको अध्यक्षतामा पार्टी गठन गरेका थिए । रास्वपासँग पार्टी एकता गर्न आफूलाइ दवाव दिएको अभिव्यक्ति घिसिङले रास्वपाबाट अलग भएपछि मात्र उद्घोष गरेका हुनाले जान्नेलाई छान्ने पार्टीले विभिन्न षड्यन्त्र गरेर निर्वाचनमा बहुमत ल्याउने प्रयास गरिरहेको रहस्य समेत घिसिङले खुलाएका छन् । आफूलाई रास्वपासँग मिल्न हामी नेपाल नामक संस्थाका अध्यक्ष सुदन गुरुङले दवाव दिएको रहस्य घिसिङले खुलाएका छन् । केही समय पहिला एक सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री सुशिला कार्कीले सुदन गुरुङलाई मेरो जेठो छोरा भनेकी थिए । अहिले तिनै जेठो छोराले घिसिङलाई दवाव दिएको आरोप घिसिङले नै लगाएको हुनाले कतै प्रधानमन्त्री कार्की नै रास्वपाको पक्षमा लागेको हो कि भन्ने प्रश्न समेत उठेको छ ।
उज्यालो नेपाल रास्वपाबाट अलग भएपछि बालेन साहलाई समेत रास्वपाबाट अलग हुन दवाव बढ्दै गएको छ । रास्वपाले पार्टीको वरिष्ठ नेता र प्रधानमन्त्रीको उम्मेदवार साहलाई घोषण गरेपनि निर्वाचनमा रास्वपाले बहुमत ल्याउनै नसक्ने र कथमकदाचित बहुमत ल्याइहाले पनि साहलाई दुई चार महिनाभित्रै पदबाट हटाउन सक्ने आशंका साह पक्षलाई रहेको छ । बालेन साहप्रति जेनजीहरुको केही समूहको समर्थन भएपनि जनतामा भने साहप्रति नकारात्मक दृष्टिकोण बन्दै गएको र विपक्षी दलहरुले साहकै कारण सिंहदरबार, सर्बोच्च अदालत लगायत विभिन्न सरकारी भवन, शिर्ष नेताका निजी निवास, व्यावसायिक भवनहरु आगजनी, तोडफोड र लुटपाट गरिएकोले साहप्रति जनताको विश्वास घट्दै गएको छ । रास्वपाले साहप्रति जनताको बढ्दो विश्वास देखेर आफ्नो पार्टीमा प्रवेश गराएको भएपनि साहले केन्द्रीय सदस्य बनाउन सिफारिस गरेका व्यक्तिहरु कुनै राजनीतिक हैसियत नभएको र वडा सदस्यसम्म जित्न नसक्ने मानिसहरुलाई रास्वपाले केन्द्रीय सदस्य बनाएको भन्दै रास्वपाभित्र विवाद उत्पन्न भएकाले गर्दा बालेन साह समेत संकटमा परेका छन् । रास्वपाका केही नेताहरुका अनुसार निर्वाचन हुनु अघि नै बालेन साहले समेत रास्वपा छाड्न सक्ने उद्घोष गरिरहेका हुनाले जान्नेलाई छान्ने पार्टी एक्लै निर्वाचनमा जानुनपर्ने अवस्था आउन सक्छ । त्यसमा पनि रविको सहकारी ठगी सम्बन्धी मुद्दा रास्वपाका लागि गलागाँठो हुन सक्ने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports