kumari
stcnepal

सरकारले संविधान मान्ने कि संविधानले सरकार ?

काठमाडौं । परमादेशबाट बनेको लोकतान्त्रिक नामधारी सरकार संविधानभन्दा माथि हुँ भन्ने दम्भ देखाउन थालेको छ । संविधानमा वाक तथा प्रकाशन स्वतन्त्रता छ । सरकार फर्मान जारी गरेर एमसीसी र भारतको विरोध गरे कारवाही हुन्छ भन्छ । प्रजातन्त्रको बिडा उठाएको पार्टी नेपाली कांग्रेस यतिसम्मको निरंकुश हुनसक्छ भन्ने कसैले सोचेको थिएन । यतिसम्म भइसक्दा पनि देउवालाई बोक्ने डोलेहरु माओवादी केन्द्र, माधव नेपाल, जसपा, राजमो र कांग्रेसभित्रका वीपीवादीसमेत कोही बोल्दैनन् ।
अचम्म छ ।अफगानिस्तानमा बन्दुके तालिवानले पनि ५ सदस्यीय सरकार गठन गरेको छ । तर तालिवानले पनि वाक स्वतन्त्रता दिएको छ, विरोध जुलुस भइरहेको छ । नेपालको परमादेशवाला सरकार त तालिवानभन्दा पनि कडा निस्किन थाल्यो । आफूलाई लोकतान्त्रिक सरकार भन्नेले विरोध प्रदर्शनमा किन प्रतिवन्ध लगाएको होला ?

 

footer