सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भाद्र २३ र २४ को घटना षड्यन्त्रको सिकार थियो ?

1.35K
shares

 

भाद्र २३ गते जेन–जीहरुले गरेको विरोध प्रदर्शनमा हिंसा भड्किएपछि भाद्र २४ गते हिंसा भड्काएर आफ्नो स्वार्थ पूरा गर्ने व्यक्तिहरु र केही राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुबाटै सिंहदरबार सहित सर्बोच्च अदालत, राष्ट्रपति कार्यालय, जिल्ला अदालत, विशेष अदालत लगायत राजनीतिक दलका नेताहरुका घरमा आगजनी गरियो । एकै दिनमा केही समयको अन्तरालपछि मुलुकभरमै विभिन्न ठाउँमा आगजनी भयो । धेरै व्यावसायिक भवनहरु समेत ध्वस्त गरियो । यसरी एउटै समयमा मुलुकभरमै आगजनी गरिनु आवेग र रिसमात्र थिएन त्यो निकै लामो समयदेखि योजनावद्ध तवरले त्यस्तो कार्य गरिएको थियो भने नेपाल प्रहरीका धेरै कार्यालयहरु समेतमा आगलागी मात्र गरिएन ३ प्रहरीहरुलाई कुटेर नै मारियो । यो कार्यको जति विरोध गरेपनि कमै हुन्छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीले भाद्र २४ गते नै पदबाट राजिनामा दिईसकेको भएपनि त्यस्ता आगजनी र तोडफोडका कार्यहरु रोकिएन त्यसैले प्रष्ट हुन्छ भाद्र २४ गतेको आगजनी र तोडफोड राजनीति कारणले मात्र भएको थिएन भनेर ।
भाद्र २४ गते भएको आगजनी र तोडफोडको रहस्य अहिलेसम्म खुलेको छैन । सो दिन लुटपाट समेत भयो । खासगरी जेन–जीहरुका भ्रष्टाचार र सुशासन विरुद्ध सडकमा उभिएका युवाहरुमाथि किन क्रुर दमन गरियो ? अर्को दिन विशाल विरोध प्रदर्शन गरिने सम्भावना रहेपनि यो कसरी आगजनी, लुटपाट र तोडफोडमा परिणत भयो ? अहिलेसम्म त्यस विषयमा जनताले चित्त बुझ्दो जवाफ सरकार अनि सुरक्षा निकायबाट पाउन सकेका छैनन् । एक घण्टा भन्दा थोरै समयमा मावन सिर्जित यति ठुलो र डरलाग्दो मानवीय र भौतिक क्षति नेपाली समाजले कहिल्यै देखेका थिएन । यी सबै कारणहरुले गर्दा भाद्र २३ र २४ गते भाद्रमा भएको मृत्युदेखि, आगजनी लुटपाट र तोडफोडसम्म सम्पूर्ण घटनाको बैज्ञानिक र निष्पक्ष अनुसन्धान गरिनु अपरिहार्य रहेको छ ।
भाद्र २३ गते भएको जेन–जीहरुको विरोध प्रदर्शनका लागि सबै भन्दा प्रभावशाली प्लेटफर्म थियो डिस्कर्ड । यहिबाट आन्दोलन जन्मियो । अनि आन्दोलनलाई प्लाटफर्मबाटै निर्देशित गरियो । भ्रष्टाचारको विरुद्धको जेन–जीहरुको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउन कतिपय व्यक्तिहरु सक्रिय रहेको देखिन्छ । उनीहरुले पेट्रालवम, ककटेल बम बनाउन सिकाउने र त्यसको प्रयोग गर्न उत्प्रेरित गर्ने, हतियार तस्करी गर्नुपर्ने राष्ट्रिय सम्पत्ति र नेताका घरहरु आगजनी गर्नुपर्ने, नेताहरुको हत्या गर्नुपर्ने, मन्त्री क्वाटर लुट्नुपर्ने त्रिभुवन विमानस्थलको पेट्रोलपम्प पड्काईदिने जस्ता अभिव्यक्ति डिस्कर्डमा राखेका छन् । आफ्नो अधिकारका लागि शक्तिशाली विरोध प्रदर्शन गर्नु नागरिकको अधिकार हो । आफ्नो अधिकारका लागि समाजमा उत्पात मच्चाउने गरी सरकारी भवनहरु जलाउने, नेताका निवासहरु तोडफोड गर्ने र सरकारी संरचनाहरु ध्वस्त गरी किन विरोध प्रदर्शनलाई दुरुपयोग गरियो । यसको जवाफ विरोध प्रदर्शन गर्न अनुमति लिने र विरोध प्रर्दशनको आयोजना गर्ने जेन–जीहरुले नै आफ्नो प्रतिष्ठाको लागि भएपनि अनुसन्धान गरी विश्वाशिलो आधार जनतालाई दिन सक्नुपर्दछ ।
काठमाडौ महानगरका मेयर बालेन साहले निकै अगाडि नै सिंहदरबारमा आगो लगाईदिन्छ भन्ने स्टाटस लेखेका थिए । सिंहदरबारसहित धेरै सरकारी भवनहरुमा आगजनी भयो तर आजसम्म त्यस विषयमा बालेन साहलाई प्रहरी प्रशासनले एक शब्द सम्म सोध्न सकेका देखिएन । आखिरी किन ? छद्म नामक छलफलमा सक्रिय भएर हिंसात्मक गतिविधिलाई प्रेरित गरिएको जस्तो देखिन्छ । आन्दोलनलाई हिंसात्मक बनाउने गरी यी प्रयोगकर्ताको उदेश्य अहिले सर्वत्र चासोको विषय बनेको छ । मुख्यत ती प्रयोगकर्ता को हुन ? हतियार निर्माण तस्करी देखि हिंसात्मक गतिविधिका लागि उत्प्रेरित गर्नेहरुको मनसाय के हो ? उनीहरुका अभिव्यक्ति र आक्रोश शंकास्पद पृष्ठभूमि पनि रहेको छ । यिनीहरुले पहिचान गोप्य राखेर हिंसा भड्काउन त खोजिएको थिएन भनेर अहिले प्रश्न समेत उठेको छ । सरकारले अनुसन्धान ग¥यो भने ती प्रयोगकर्ताको विस्त्त विवरण पत्ता लगाउन सक्छ तर के सरकार त्यसका लागि तयार छ त ? त्यति पहिचान गरेर थप अनुसन्धान गर्ने हो भने धेरै रहस्यको छिनोफानो हुनेछ । यस विषयमा सुशिला कार्की सरकारले अग्रसरता लिनुपर्नेमा अहिलेसम्म त्यस्तो अग्रसरता लिएको देखिँदैन । उल्टो सरकारका गृहमन्त्री नै राजनीतिक दलहरुलाई भड्काउने र राजनीति दलका शिर्ष नेताहरुलाई तर्साउने जस्ता कार्यमा मात्र सक्रिय भएको जस्तो देखिन्छ ।
भाद्र २३ मा भएको दमनको यथार्थ विरण बाहिर आउनु पर्दछ । दोषीलाई कानुनी कारबाही हुनुपर्दछ भने २४ गते प्रर्दशनलाई उत्तेजित पार्ने माथि कठोर रुपमा अनुसन्धान गरी उनीहरुमाथि हदैसम्मको कारबाही हुनुपर्दछ भन्ने हामी जोडदार माग गर्दछौँ कार्की सरकारसँग ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports