विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गठवन्धनको निर्वाचन सार्ने रणनिति असफल

520
shares

चौतर्फी दवावपछि पाँच दलिय गठवन्धन र त्यही गठवन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका शेरवहादुर देउवा आउँदो २०७९ जेष्ठ महिनाभीत्रमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । पाँच दलिय गठवन्धनले अनेक जालझेल गर्दै संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ बाझिएको भन्दै स्थानीय तहको निर्वाचन पछि सार्ने प्रयास गरीरहेका थिए । निर्वाचन आयोगले अहिले कायम रहेको स्थानीय तहका जनप्रतिनिधहरुको पदावधि २०७९ जेष्ठ ५ गते समाप्त हुने भन्दै वैशाख महिना मै निर्वाचन गराउनु पर्ने अडान राख्दै आएको थियो । तर पाँच दलिय गठवन्धनले सम्बैधानिक निकाय निर्वाचन आयोगको आग्रहलाई वेवास्ता गर्दै जेष्ठ महिनाभीत्रै आफुु अनुकुल निर्णय गर्ने प्रयास गरेपनि पाँच दलिय गठवन्ध अन्त्यमा आउँदो जेष्ठ महिनाभीत्रै निर्वाचन गर्ने सहमतिमा पुगेको छ ।

निर्वाचन आयोग कानुन व्यवसायिक संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सञ्चारकर्मीहरुले समेत स्थानीय तहको निर्वाचन पछि सार्नु नहुने भन्दै पाँच दलिय गठवन्ध र देउवा सरकारको व्यापक आलोचना गर्दै आएका थिए । निर्वाचन आयोगले त दुई ÷दुई पटक विज्ञप्ति नै निकालेर सरकारलाई स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरीसेकेको थियो । तर पाँच दलिय गठवन्धनले संविधानमा रहेका केही छिद्राहरुलाई देखाएर र संविधान र निर्वाचन ऐन बाझिएको भन्दै त्यसलाई नै देखाएर निर्वाचन पछि धकेल्ने प्रयास गर्दै आएको थियो । पाँच दलिय गठवन्धन र सरकारले चौतर्फी दवाव बढेको भन्दै पाँच दलिय गठवन्धनको पटक÷पटक बसेको बैठकमा ठोस निर्णय गर्न सकेको थिएन ।

सरकारले स्थानीय तह प्रदेश सभा र सघीय ससदको निर्वाचन एकै पटक गराउने भन्दै आएको भएपनि सरकार समर्थक कानुन व्यवसायिहरुले नै तिनै तहको निर्वाचन एकै पटक गराउन संविधान नै वाधक हुने सुझाव सरकार र पाँच दलिय गठवन्धनका नेताहरुलाई दिएपछि पाँच दलिय गठवन्धन र सरकार आफ्नो भनाईवाट पछि हट्न बाध्य भएको थियो । स्थानीय तहका पदाधिकारीहरुको पदावधि जेष्ठ ५ गते सकिने भएपनि सघीय संसदको पदावधि बाकी रहने र सर्वोच्च अदालतले ससद विघटन गर्न नपाउने नजिर कायम गरी दिएको हुनाले सरकार तिनै तहको निर्वाचन एकै पटक गराउने रणनितिवाट पछि हटेको छ । पाँच दलिय गठवन्धन र सरकार त्यही कारण पछि हट्न वाध्य भएको हो ।

पाँच दलिय गठवन्धन र सरकारले दलिय नाफा र घाटा हेरेर सकेसम्म निर्वाचन पछि धकेल्ने प्रयास गरेका भएपनि राष्ट्रपति, निर्वाचन आयोग, कानुन विज्ञ, नागरिक समाज र सञ्चार जगत मात्र होइन सत्ताको नेतृत्वकर्ता काग्रेसवाटै तोकिएको समयमा निर्वाचन गराउन दवाव आएको थियो । गठवन्धनका नेताहरुले प्रमुख दुई कारणवाट स्थानीय तहको निर्वाचन पछि सार्ने प्रयत्न गरेका थिए । स्थानीय तहको निर्वाचन पहिले गर्दा आ आफ्ना पार्टीको कमजोर परिमाण आएमा त्यसले गर्दा ससदीय निर्वाचनमा नकारात्मक असर पर्ने उनीहरुको ठहर रहेको थियो । त्यस्तै स्थानीय तह रिक्त भएमा करीव छ महिनाका लागि कर्मचारीहरुलाई स्थानीय तह चलाउने जिम्मेवारी दिने र ठीक त्यही वेला लोकप्रिय निति तथा कार्यक्रम र वजेट ल्याएर राजनितिक फाइदा लिन सकिने भन्दै उनीहरु संविधानका छिद्रा खोज्न लागेका थिए । त्यस्का लागि कानुनका छिद्रा खोजेर तिनै छिद्रामाथी खेलेर अर्को चैत्त महिनामा मात्र स्थानीय तहको निर्वाचन गराउने योजनामा पाँच दलिय गठवन्धन र सरकार लागि परेका भएपनि उनीहरुको यो योजना चौतर्फी दवाव कै कारण असफल भएको छ ।
२०७४ वैशाख ३१ गते मा निर्वाचित भएका स्थानीय तहका पदाधिकारीहरुको पदावधि २०७९ जेष्ठ ५मा समाप्त हुनेछ । स्थानीय तहको गत निर्वाचनको अन्तिम चरणको मतदान असोज २ ,२०७४ मा भएको भएपनि पहिलो चरण वैशाख ३१ लाई नै स्वीकार गर्न कानुनले वाधा नपर्ने सुझाव कानुन विज्ञहरुले दिएका थिए । कानुन विज्ञहरुले स्थानीय तहको निर्वाचन ढिलोमा कार्तिकमा गर्नु पर्न वताएपछि पाँच दलिय गठवन्धनका नेताहरु र देउवा सरकार कानुन विज्ञहरुको सुझावपछि केही झस्किएको थियो । मंसीरमा सघको निर्वाचन गर्न ससद विघटन गर्नु पर्ने हुन्छ, संविधानले त्यसलाई रोकेछ । कर्मचारीलाई स्थानीय तह सञ्चालन गर्न दिने व्यवस्था संविधान ऐन कानुनमा नभएकोले त्यो गर्न मिल्दैन भन्ने सुझाव पछि सरकारलाई पाँच दलिय गठवनधनले स्थानीय तहको निर्वाचन जेष्ठमा गर्न सुझाव दिएको हो ।
पाँच दलिय गठवनधनको सुझाव पछि अब सरकारले निर्वाचन आयोगको परामर्श लिएर स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नु पर्ने हुन्छ । निर्वाचन आयोगले निर्वाचन गर्नका लागि आफुलाई कम्तिमा १ सय २० दिनको समय चाहिने वताउदै आएको भए पनि कम्तिमा १०० दिनको समयमा उसले निर्वाचन गराउन सक्ने र आयोगलाई निर्वाचन गराउन प्रयाप्त समय रहेकोले अब बाध्य भएर देउवा सरकराले स्थानीय तहको निर्वाचन गराउनु बाहेक उ सग अर्को विकल्प देखिदैन भन्ने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports